११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

झुक्याएर धर्म परिवर्तन गराउनेलाई कपिलवस्तुमा दलियो कालोमोसो



कपिलवस्तु ।

कपिलवस्तुमा धर्म प्रचार गर्दै हिडेका दुई जनालाई कालोमोसो दलिएको छ ।

बालबालिकालाई झुक्याएर धर्म परिवर्तन गराएको भन्दै महाकाल युवा शक्ति नेपालले कालोमोसो दलेको हो ।

उनीहरुले बालबालिकालाई बाइवल पाठ गराउने र तन्त्र विधिबाट महिलालाई उपचार गरी निको पार्ने भन्दै झुक्याउने गरेको थाहा पाए पछि ७० जनाको समुहर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

महाकाल युवा शक्ति नेपालले कृतिराज ढुंगाना र उनका सहयोगी मनोज कहाँरलाई कालोमोसो दलेका थिए ।

हिन्दु समुदायका झक्याउने र भ्रम फैलाई बाईबल पाठ गराउने जस्ता कृयाकलाप भएको थाहा पाए पछि आफूहरु पुगेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए ।

प्रकाशित मिति : २१ पुस २०८० शनिबार ००:००  ५ : ४४ बजे