१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुको पर्यटन नै विकासको मुख्य आधार : सांसद पन्थी



कपिलवस्तु ।

कपिलवस्तुले पर्यटनलाई मुख्य आधार बनाए यहाँका नागरिकको जीवनस्तर उच्च हुने दिन आउने लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले ठोकुवा गर्नु भएको छ । उहाँले कपिलवस्तु जिल्ला पर्यटन प्रवद्धनको धेरै सम्भावना रहेकाले यो जिल्ला साँस्कृतिक राजधानी घोषित भएकाले यस्तो अवस्था आएरै छाड्ने स्पष्ट पार्नुभयो ।

उहाँले लुम्बिनी, तिलौराकोट, सगरहवा लगायतका क्षेत्रको प्रवद्र्धन र विकासमा बाटो नछेक्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको छ । वर्षौसम्म पुरातत्व भन्दै बस्नु परेको भन्दै व्यवस्थित विकासको लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

सोमबार देखि बुद्धकालिन ऐतिहासिक कपिलवस्तुको सगरहवामा हुन लागेको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशालाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानियले सगरहवाको संरक्षणमा सहयोग नपुर्याएको भए अहिले सगरहवा भरि बस्ती बसिसकेको हुने उहाँले बताउनुभयो । यस आसपासमा भएका सुकुम्वासीलाई बैकल्पीक ब्यवस्था गरेर मात्र हटाइने उहाँले प्रष्टाउनु भयो । अब सगरहवामा विभिन्न पार्कहरु निर्माण गर्न लागेको भन्दै सम्पुर्ण पक्षले सकारात्मक ढङ्गबाट सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी विकास कोषले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सङ्ग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लुम्बिनी विकास कोसका सदस्य सचिव सानुराजा साक्यले लुम्बिनी विकास कोसले लुम्बिनी पछि कपिलवस्तुलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउनुभयो । तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो । लुम्बिनी, तिलौराकोट, सगरहवा, कुदान लगायत बौद्ध सङ्ग सम्बन्धित क्षेत्रको विकास गर्नका लागि तिनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय मुर्तिकला कार्यशालाको बारेमा जानकारी दिदै लुम्बिनी विकास कोसका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरिएको सगरहवाको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यशाला गर्न लागेको बताउनुभयो । सोमबार २३ पुस देखि माघ ८ गतेसम्म हुने १५ दिन लामो कार्यशालाले दबिएको सगरहवाको इतिहासलाई उजागर गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त उहाले ब्यक्त गर्नुभयो । लुम्बिनी र कपिलवस्तुको तिलौराकोट नजिकै भएपनि प्रचारमा आउन नसकेको भन्दै लुम्बिनी विकास कोषले सगरहवामा यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।

त्यस्तै नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले एक जना मुर्तिकारले एक जना सहयोगीका साथ बनाएका मुर्ति अध्ययन अवलोकनको प्रमुख गन्तव्य बन्ने बताउनुभयो । साथै जिल्लाकाको विकासमा पत्रकारहरुको भूमिका महत्वपुर्ण रहेको बताउदै यसको प्रचार प्रसार गर्न उहाँले आग्रह गर्नुभयो ।

लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलवस्तु नगरपालिका सहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा मूर्तीकला कार्यशाला हुन लागेको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहाँर, वडा अध्यक्ष दिपक गुरुङ, मुर्तिकला कार्यशाला विज्ञ समितिका संयोजक पोम नारायण पौडेल ,पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमान बज्राचार्य , पूर्ब अध्यक्ष मनोज पौडेल , लगायत जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन मूर्तिकला कार्यशालाको सह आयोजक प्राचिन कपिलवस्तु बहुसरोकार मञ्चका लक्ष्मण बेल्वासेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८० बिहिबार ००:००  ९ : ०६ बजे