१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युनाईटेड नमुना सहकारी अस्पतालको रुपमा स्थापित हुन्छ : सांसद पन्थी



गिता अधिकारी, कपिलवस्तु ।
आधारभूत स्वास्थ्य सेवाबाट शुरुवाती गरेको युनाईटेड अस्पताल भविष्यमा गेम चेन्जर परियोजनाको रुपमा स्थापित हुने लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बताउनु भयो । युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो वार्षिक साधारण सभामा सम्वोधन गर्दै सांसद पन्थीले प्रदेशकै स्वास्थ्य सेवामा टेवा पुग्नेगरी सहकारीको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सुविधा पु¥याउने लक्ष्यका साथ अस्पताल अघि बढेको उहाँले बताउनुभयो । प्रदेशमै उत्कृष्ट स्वास्थ्य सेवा दिनेगरी विशेषज्ञ डाक्टर, चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक सहितको जनशक्ति तथा अन्य क्षेत्रसंग सहकार्य गरेर नमुना अस्पताल बनाउने गरी अघि बढेका छौं, पन्थीले भन्नुभयो ।
यस क्षेत्रमा राम्रो अस्पताल संचालन हुँदा थुप्रै अवसरका सम्भावना थपिन्छन् । यहाँ शिक्षा, रोजगारी, व्यापार, व्यवसाय, आम्दानी संगै समग्र अर्थतन्त्रमा टेवा पुग्दछ, जसले गर्दा कपिलवस्तुको विकासमा गेम चेन्जर परियोजनाका रुपमा स्थापित हुन्छ, उहाँले भन्नुभयो । छिमेकी जिल्ला अर्घाखाँची, दाङ्ग, प्युठान, रोल्पा लगाएतका जिल्लाका नागरिकलाई अस्पतालबाट स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो ।
जनताले पाउने स्वास्थ्य सुविधाका लागि आफु लागिरहदा अनावश्यक टिकाटिप्पणी गर्नेहरुबाट सकरात्मक उर्जा प्राप्त गरेको छु, उहाँले भन्नुभयो, ‘खराव सोच र प्रवृति भएकाले नकारात्मक मात्रै देख्ने गर्दछ, म त्यसका पछाडी लाग्दिन’ कपिलवस्तुको विकासमा म निरन्तर खटिरहन्छु ।
आफनो क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा प्रगती नै भएन भने हामी जनप्रतिनिधीले अब लाज मान्नु पर्नेहुन्छ, उहाँले भन्नुभयो, ‘यहाँको विकासको लागि जनप्रतिनिधीले नेतृत्व लिनुपर्दछ ।’ प्रदेशकै उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने नमुना सहकारी अस्पतालको रुपमा युनाईटेड अस्पताल स्थापित हुने उहाँले ठोकुवा गर्नुभयो । सांसद पन्थीले विरामीबाट स्वास्थ्य उपचार तथा परिक्षणको नाममा अनावश्यक पैसा खर्च गराउने परीपाटी अन्त्य गर्दै यस अस्पतालबाट पाउने सेवा सुविधामा ढुक्क हुन आग्रह गर्नुभयो ।
वाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी थारुले युनाइटेड अस्पतालले वाणगंगा नगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य सरोज खनालले विकास निर्माणको लागि निजी तथा सरकारी क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । विकास निर्माणमा सवै जनप्रतिनिधी उत्तिकै जिम्मेवार हुनुपर्ने बताउदै जनताका समस्या र आवश्यकतालाई जनप्रतिनिधीले निरन्तर उठान गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु कृष्ण प्रसाद खनाल, राजेन्द्र खनाल, सहकारी विज्ञ गुणनीधि भुसाल लगाएतले आ आफनो क्षेत्रमा सवै जिम्मेवार भएर काम गर्दा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो । अस्पतालको स्वास्थ्य सेवा र सुविधामा डाक्टर नै जिम्मेवार हुनुपर्नेमा जोड दिइएको थियो ।
मेरिट बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष मित्रलाल शर्माले स्थानीय संस्थाहरु जति बलिया भए त्यति वाणगंगाको विकास र पहिचान हुने बताउनुभयो ।
युनाईटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष मुनाराम चालिसेले सहकारी अस्पतालको भावी योजना र रणनीतिका बारेमा जानकारी दिनुभएको थियो । उपाध्यक्ष मावध प्रसाद तिम्लिसनाको स्वागत, सचिव श्यामलाल खनालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भिमकान्त भट्टराईले आर्थिक प्रतिबेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक यादव शर्माले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको संचालन संस्थाका सचिव श्यामलाल खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८० शुक्रबार ००:००  १० : ०५ बजे