१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विकासमा सवै दल एक भएर लागौं : सांसद पन्थी



तौलिहवा ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य एवम् पुर्वमन्त्री बिष्णु पन्थीले विकासको काममा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । उहाँले सामुदायिक विद्युत वितरक संस्था जगदिशपुरको १५ औं वार्षिक साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । पन्थीले नेपाल मै सामुदायले बिद्युतको सेवा दिएको यो पहिलो संस्था हुनु आफैमा गर्वको कुरा रहेको बताउनुभयो ।
उहाँले समुदायले चलाएको संस्था प्रभावकारी हुने गरेको यसको कामले समेत पुष्टी हुने बताउनुभयो । विकासमा राजनीति गर्न नहुने भन्दै उउहाले विकासमा सबैका साथ आवश्यक रहेको उहाँको भनाई छ । उहाँले जगदीशपुर ताल देशकै उत्कृष्ट गन्तब्य स्थल भएको भन्दै यसका वरिपरी रहेको सबै पर्यटकीय स्थलको एकीकृत रुपमा विकासमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख गौरव पाण्डेयले यो सामुुदायिक संस्थाले समुदायमा राम्रो काम गरको बताउनुभयो । उहाँले प्राधिकरणले समेत ग्राहकलाई प्रभावकारी सेवा दिन प्रयत्नशील रहेको बताउनुभयो । उहाँले ग्राकहलाई बक्यौता रकम समय मै तिर्न समेत आग्रह गगनुभयो ।
कार्यक्रममा गत आबको ८३ लाख २२ हजार ३५७ रुपैयाको आय ब्यय प्रस्तुत गरिएको थियो । २०६० सालमा स्थापना भई २०६२ साल देखि सेवा शुभारम्भ गरको संस्थामा नगरपालिको वडा नम्बर ९, १०, ११ र ६ का १ हजार ६८ जना उपभोक्ता रहेका छन । नेपाल बिद्युत प्राधिकरणबाट बिद्युत किनेर समुदायलाई संस्थाले बेच्ने गरेको छ ।
प्राधिकरणसंग प्रति युनिय ६ रुपैया २५ पैसाका खरिद गरी उपभोग अनुसार १३ रुपैया प्रति युनिट सम्म बिक्री गर्ने गरेको छ । २० युनिट सम्म खपत गर्ने ग्राहकलाई भने ३० रुपैया मात्र लिने गरेको छ ।
संस्थाका अध्यक्ष खाँको अध्यक्षता सचिव शिवपुजन यादवको संचालनमा भएको कार्यक्रममा समाजसेवी ललित गुरुङ, कपिलवस्तु नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, देबेन्द्र पोख्रेल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सोहि अवसरमा सामुदायिक बिद्युत बितरक संस्थाको १५ औ साधारण सभाबाट पुनः अब्दुल रसिद खाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचित भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८० आइतबार ००:००  ७ : ४३ बजे