११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

जाडो बढेपछि कपिलवस्तु यशोधराका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल



कपिलवस्तु ।
शीत लहरसंगै जाडो बढदै गएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकाका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल बाँडिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा पालिका भित्र रहेका ८ वडाका अति बिपन्नको नामावली छनौट गरी कम्मल बाँडिएको हो ।

इस्लामिक रिलिफ नेपालको सहयोग र लिडो नेपालको समन्वयमा यशोधरा गाउँपालिका वडा नम्बर ४ अम्लोनाहामा मंगलवार कम्मल बाँडिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बिपन्नलाई कम्मल हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ७ : ५९ बजे