१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सगरहवामा आन्तरिक पर्यटक बढे



जगदिशपुर । कपिलवस्तु स्थित सगरहवाको गाथा मूर्तिकारले ढुंगामा जिवन्त दिन थालेपछि यतिवेला आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । दिनँहु कडा मेहनत र सीपले निपुर्ण मूर्तिकारले बनाइरहेको ढुंगाका मूर्ति हेर्न यतिबेला भिड लाग्ने गरेको छ । सगरहवाको कथाको मूर्तिले आकार दिन थालेपछि थप आकर्षणको केन्द्र विन्दु बनेको छ । ऐतिहासिक र पुरातात्विक स्थल सगरहवामा पौष २३ देखि शुरु भएको राष्ट्रिय मूर्ति कार्यशाला माघ ८ गते सम्म चल्नेछ ।

शाक्यमुनि बुुद्धको जीवनको उत्तार्धरतिर कौशल राज्यका राजा विरुढकले प्रतिशोधवश प्राचीन कपिलवस्तु राज्यका शाक्यहरूको सामूूहिक वध गरेको स्थानका रूपमा सगरहवालाई चिनिन्छ । स्थानीयले लम्बुुसागरको नामकरण गरेको यहाँ प्राचीन स्तुुपा, विहार, इँटा लगायत संरचना भेटिएका छन् । (फोटो फिचर)

प्रकाशित मिति : २ माघ २०८० मंगलबार ००:००  ८ : १८ बजे