१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुलुकको समृद्धिका लागि व्यवसायी पलायन रोक्नुपर्छ : सचिव अर्याल



कपिलवस्तु ।
नेकपा (एमाले) सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा कुमारी अर्यालले व्यवसायीक क्षेत्र तहसनहस भएको बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको प्रथम अधिवशेनलाई सम्बोधन गर्दै अर्यालले दिन प्रतिदिन व्यवसायीहरु पलायन भईरहेको बताउनुभयो । करिव ५० प्रतिशत व्यवसायीहरु बन्द अवस्थामा पुगेको बताउँदै ती व्यवसायीहरुको हितमा नेपाल उद्योग तथा व्यवसायी महासंघले काम गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) को मुल नारा सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना पुरा गर्न उद्योगी तथा व्यवसायीहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो । देशको मुख्य आयस्रोत नै राजश्व भएकाले राजश्व संकलनका लागि उद्योगी व्यवसायीहरुको व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले केपी ओली नेतृत्वको सरकारको बेला उद्योग व्यवसाय बलिया भएकाले आर्थिक सूचकहरु माथी उठेको सन्दर्भमा अहिलेको गठबन्धन सरकारले आर्थिक धरासयी बनाएको बताउनुभयो ।
त्यस्तै नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सचिव बलाराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष माधव प्रसाद नेपाल लगायतले बोल्दै बर्तमान अवस्थामा व्यवसायीहरु धरासयी भएको अवस्थामा बैंकहरुले ब्याजदर घटाई उद्योगी व्यवसायीहरुलाई सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो । राज्यले पनि उद्योगी व्यवसायीहरुको हितमा नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा प्रदेश सांसद गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य तथा संघीय सांसद बलराम अधिकारी, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य धनु अधिकारी, प्रदेश कमिटि सदस्य द्रोणराज सुवेदी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, उप प्रमुख रीता कुमारी चौधरी, नगर इन्चार्ज शंकर पाण्डे, उद्योग इन्चार्ज उमानाथ पौडेल लगायतको आतिथ्यता, पार्टीका नेता तथा कार्यकर्ता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, उपाध्यक्ष कृष्ण गैरेको स्वागत मन्तब्य तथा महासंघका केन्द्रिय सदस्य तथा जिल्ला सचिव कुशल पौडेलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनबाट रबिन्द्र पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धुर्व भुसाल, सहकोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।
नवगठित कमिटीका अध्यक्ष पौडेलले अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सम्पुर्णमा धन्यवाद दिंदै संगठनलाई चुस्त दु्रस्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ४ माघ २०८० बिहिबार ००:००  ७ : २८ बजे