१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले कपिलवस्तुका शीर्ष नेतालाई स्कुल विभागको प्रशिक्षण



कपिलवस्तु।

नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई पार्टी प्रशिक्षण संचालन गरेको छ । केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयका सदस्यलाई ३ दिने प्रशिक्षण आजदेखि शुरु गरेको हो । होटल संगम प्यालेस गोरुसिंगेमा संचालन भएको प्रशिक्षणमा ६० जना जिल्ला नेताहरु सहभागी भएका छन्

प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताउनु भयो । अर्को वर्ष देखी पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताउनु भयो । वडा सदस्य देखी, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको बताउनु भयो । उहाँले पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमीक तह र अनुसन्धनात्मक तहको प्रशिक्षण गरी परिक्षा समेत लिइने बताउनु भयो ।

नेता ज्ञवालीले अहिलेको सरकारको मल्टीपल अर्गान फेलियर भएको बताउनु भयो । राष्ट्रियतामा एक पछि अर्को चुनौती खडा हुँदै छ, अर्थतन्त्र लथालिङ्ग हुदै छ, हरेक गृहणीलाई थाहा होला, भान्सामा कती पकाउन सकिन्छ? हरेक युवालाई थाहा होला हिजो रेष्टुरेन्टमा गएर कती खर्च गर्न सकिन्थ्यो ? आज कती खर्च गर्न सकिन्छ । गाडी चढ्नेलाई थाहा छ, फुल टयांक गर्न कती गारो छ ? उद्योग व्यवसायहरु आधा पनि चलेको छैनन । यस हिसाबले देश चल्दा लथालिंग भएको छ उहाले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा एमालेका युवा नेता खिमलाल भट्टराई, वृजेश कुमार गुप्त, बलराम अधिकारी, गिरिधारीलाल न्यौपाने, शुशिल श्रीवात्सव, सिराज अहमद फारुकी, विष्णु पन्थी लगायतको प्रशिक्षणमा सहभागिता रहेको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले प्रशिक्षण पछि कार्यकर्तामा नया उत्साह थपिने विश्वास गर्नुभएको छ । कार्यक्रमको स्वागत एमाले जिल्ला उपाध्यक्ष विश्राम चौधरी, संचालन सचिव सिवी गहतराजले गर्नु भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८० शुक्रबार ००:००  १० : ५१ बजे