१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनी योजना आयोगको सदस्यमा गिता अन्जान नियुक्त



कपिलवस्तु।

लुम्बिनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्य पदमा कपिलवस्तुकी गिता केसी (अन्जान) नियुक्त भएकी छन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्काे शुक्रबार बसेकाे बैठकले केसीलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । बुद्धिज्ममा मास्टर गरेकी अन्जानको नियुक्त संगै आयोगको कामले गति लिने बताइएको छ ।

उनी नेकपा एकीकृत समाजवादीनिकट हुन् । उनी नियुक्त भएसँगै आयाेगले पूर्णता पाएकाे छ । उपाध्यक्ष सहित चार सदस्यीय याेजना आयाेगमा उपाध्यक्षमा नहकुल केसी र अन्य दुई सदस्यमा यस अघि नै नियुक्त भएका थिए ।

बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले बताए । समयानुकुल गराउन कार्य विधि संशोधन गरिएको उनले बताए ।

प्रकाशित मिति : ६ माघ २०८० शनिबार ००:००  ९ : ०२ बजे