१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु जेसिजको अध्यक्षमा पौडेल चयन



कपिलवस्तु ।

कपिलवस्तु जेसिजको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । सन् २०२४ को लागि जेसिआई पौडेल शाखाको अध्यक्षमा चयन भएका हुन्। जेसिजमा एक कार्यकाल १ बर्ष मात्र नेतृत्व लिन पाइने नीति छ । सन् २००० मा स्थापना भएको कपिलवस्तु शाखाको पौडेल २४ औ अध्यक्ष हुन् ।

शाखाको कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर थापा, उपाध्यक्षहरुमा किरण घिमिरे, राजन अर्याल, खिमानन्द घिमिरे र मदन अर्याल मनोनित भएका छन् । जेसिजको महासचिवमा भने जनक प्रसाद बेलबासे सर्वसम्मत भएका छन् । यस्तै कानुनी सल्लाहकारमा सुनिल पाण्डे सर्वसम्मत हुँदा कोषाध्यक्षमा झविन्द्र खनाल मनोनित भएका छन् ।

नयाँ समितिले एक समारोहकाबीच पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । जेसिजले लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा काम गरिरहेको छ भने युवाहरुमा नेतृत्व विकास संगै क्षमता वृद्धि लगायतका कामहरु गरिरहेको छ । पौडेलले आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्न भूमिका खेल्ने सबैलाई धन्यबाद दिएका छन् । वर्ष २०२३ को अध्यक्ष अमृत घिमिरेले सम्हालेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८० शनिबार ००:००  ९ : २९ बजे