१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षाको महत्व ‘५० किशोरीलाई साइकल’



कपिलवस्तु ।

शिवराज नगरपालिकाको ३ नम्बर वडा कार्यालयले शिक्षालाई प्राथमिकता दिएर स्कुलबाट बञ्चित हुन नपरोस भनेर शिक्षामा लगानी गरेको छ । ‘छोरीलाई पढाऔं, छोरीलाई अगाडि बढाऔं’ भन्ने उद्देश्यका साथ शिवराज नगरपालिका वडा नम्बर ३ का भितरिया र मैनार बुलकिया गाउँका किशोरी विद्यार्थीहरुलाई साइकल बितरण गरिएको हो ।

छोरिलाई शिक्षाको क्षेत्रमामा अग्रसर बनाउनका लागि साइकल बितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो । वडाका भितरिया मैनार र बुलाकी गरि तीन गाउँका ५० किशोरी विद्यार्थीलाई ४ लाख बराबरको ५० थान साइकल बितरण गरिएको हो । गाउँबाट बिद्यालय टाढा भएका कारण बिद्यालय आउन जानको लागि सवारी साधनको अभावका कारण समयमा बिद्यालयमा पुग्न समस्या भएको र किशोरीहरु शिक्षाबाट बन्चित हुन परेकाले वडाको बार्षिक कार्यक्रम अन्तगतको रकमबाट साइकल बितरण गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले आजकल प्राय किशोरीहरुले बिच मै बिद्यालय छोड्ने प्रवृत्ति बढेकाले लक्षित बर्गका किशोरहरुलाई बिचमै पढाई नछाड्न आग्रह गर्दै नगरपालिकाले शिक्षामा ठुलो लगानी गरीरहेकाले उच्च शैक्षिक सफलताको शुभकामना व्यक्तगर्नुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका योजना शाखा प्रमुख डिल्लीराज भट्टराईले यस बर्ष सिमित स्रोत साधनका बाबजुद पनि ३ वटा गाउँलाई समेटिको र अन्य गाउँका किशोरीलाई समेत बितरण गरिने बताउनुभयो । बिकट र दुर्गम गाउँमा भएतापनि अवसर प्राप्त गर्नु भएकोले किशोरीहरुलाई शिक्षामा निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमलाई चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेय, समाजसेवी रामलाल काफ्ले, गगाधर भट्टराई लगाएतले सम्बोधन गर्नु भएको थियोे ।

प्रकाशित मिति : ७ माघ २०८० आइतबार ००:००  ९ : ५५ बजे