११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गुरुङ्गको अध्यक्षतामा सगरहवा संरक्षण समिति गठन



जगदिशपुर ।
कपिलवस्तुको सगरहवामा संचालित प्रथम राष्ट्रिय मूर्तिकला कार्यशाला समापन गर्दै यसको दिगोपना र व्यवस्थापनको लागि १५ सदस्यीय सगरहवा मूर्ति (पार्क) संरक्षण समिति गठन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष दिपक बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय संरक्षण तथा व्यवस्थापन समिति गठन गरिएको हो ।
जसको सदस्यहरुमा ललित गुरुङ, अब्दुल रसिद खाँ, शिव पौडेल, देवेन्द्र कुमार पोखरेल, हिरालाल पौडेल, नागेन्द्र प्रसाद यादव, विजय कुमार खनाल, देवराज पाण्डे, प्रकाश सापकोटा, जय प्रकाश यादव, चन्द्रराम यादव, खुशियाल केवट, बाल प्रसाद पौडेल र माधव प्रसाद आचार्य रहनुभएको छ । उक्त समितिले मूर्तिकार्यशालामा प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको थियो । यस समितिलाई आवश्यकता अनुसार विस्तार गर्दै समावेशी बनाएर लैजाने समितिका अध्यक्ष गुरुङले मायादेवी अनलाइनलाई बताउनुभयो । समितिले तत्कालीन र दिर्घकालिन योजना बनाएर अघि बढ्ने बताइएको छ ।
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको सगरहवाको कथा देश विदेशमा पहिचान दिन सफल भएको राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार समापन भएको हो । कपिलवस्तु नगरपालिका वडा न.९ स्थित सगरहवामा पौष २३ देखि माघ ८ गते सम्म संचालित थियो ।
लुम्बिनी विकास कोषको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, कपिलवस्तु नगरपालिका, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजना तथा संघसंस्थाको सहकार्यमा संचालित राष्ट्रिय मूर्तिकला कार्यशाला पर्यटन प्रवर्धनको क्षेत्रमा ऐतिहासिक, सफल र नयाँ कामको शुरुवात भएको छ ।

प्रकाशित मिति : ९ माघ २०८० मंगलबार ००:००  ५ : ४६ बजे