१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुबाको दागबत्ती र किरियामा कपिलवस्तुकी अनिशा



कपिलवस्तु ।
सामाजिक परम्परालाई तोड्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागकी २४ वर्षिया अनिशा दाहालले आफनो बुबालाई दागबत्ती दिएकी छिन्। दागबत्ती पछि उनी किरियामा समेत बसेकी छिन्। धार्मिक परम्ंपरा अनुसार पुरुषले मात्र दागबत्ती दिने चलन छ। तर, अनिशाले आइतवार बुबालाई गुमाए पछि दागबत्ति दिएकी हुन्।

उनले सोमवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाटमा किरिया बस्ने सेतो पहिरनमै आफनो बुवाको शवमा दागबत्ती दिएर अन्तिम श्रद्धाञ्जली दिएकी हुन्।

मृतक दाहालकी छोरी अंकिता र कान्छी छोरी अनिशाले घरबाट रामघाटसम्म शवलाई काँधमा बोकेर समेत लगेका थिए। अनिशा काठमाडौँमा आईटी विषयमा ब्याचलरमा अध्ययनरत छिन्।

मृतक दाहाल लामो समयदेखि सुगर रोगबाट ग्रसित थिए। मुटु, फोक्सो लगायतका अंगमा असर गरे पछि उपचार पछि घर फर्किएका थिए। घरमै रहेका दाहालको अनिशाका बुबा ज्योती दाहालको गत माघ ७ गते ६१ वर्षको उमेरमा निधन भएको थियो।

दागबत्तीका कार्यक्रममा मृतक दाहालकी श्रीमति मधु समेत पुगेकी थिइन्। मृतक दाहालको श्रीमति र दुई छोरीहरु छन्। कांग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि समेत रहेका मृतक दाहालको शवमा कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र कांग्रेसका पुर्व जिल्ला सभापति राजेश आचार्यले कांग्रेसको झन्डा ओढाएका थिए।

महिला अधिकारकर्मी पुष्पा रेग्मीले महिलाहरुले सामाजिक परंपरालाई चिर्दै अघि बढनु पर्ने बताइन्। महिला र पुरुषलाई दुबैलाई धार्मिक, सामाजिक कार्यमा समानरुपले अघि बढन दिनु पर्ने बताइन्। बुवाको दाग बत्ती दिएर अनिशा साहासी छोरी बनेको उनले बताइन्।

प्रकाशित मिति : ९ माघ २०८० मंगलबार ००:००  ६ : २८ बजे