१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ट्रयाक्टर समितिमा निर्वाचित समितिद्धारा शपथ तथा पदभार ग्रहण



कपिलवस्तु ।

नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशनबाट निर्वाचित समितिले शपथ तथा पदभार ग्रहण गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ पुल्चोक स्थित नेपाल किसान ट्रयाक्टर समितिको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेका हुन् भने निवर्तमान समितिले पद हस्तान्तरण गरेको हो ।

गत साता सम्पन्न अधिवेशनले अध्यक्षमा झविन्द्र खनाल, बरिष्ठ उपाध्यक्षमा बेचन यादव, उपाध्यक्षमा संक्रान्ती थारु, हरि प्रसाद श्रेष्ठ र प्रेमचन्द्र पोख्रेल, महासचिवमा बिष्णु गिरी, सचिवमा चन्द्रमणि भण्डारी, कोषाध्यक्षमा मिलन श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद गैरे, ऋषिराम सापकोटा, नारायण कंडेल, गोपाल सिंह बेल्बासे, चन्द्र बहादुर बिक लगायत सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक ओम प्रकाश अर्यालले जानकारी दिनुभयो ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । कार्यक्रममा पुर्व पदाधिकारी, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो । शपथ ग्रहण गरेसंगै नवनिर्वाचित अध्यक्ष खनालले आफुलाई सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने निर्वाचन मण्डल, निवर्तमान समिति, ट्रयाक्टर व्यवसायी तथा सम्पुर्ण शुभेच्छुकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सबै ट्रयाक्टर व्यवसायीलाई समावेश गरि संस्थालाई अझ सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस अघि शकंर प्रसाद पौडेल अध्यक्ष हुनुभएको थियो ।

कार्यक्रममा निर्वाचन मण्डल, पुर्व पदाधिकारी, संस्थाका सहयोगी लगायतलाई सम्मान पनि गरिएको छ ।

प्रकाशित मिति : १२ माघ २०८० शुक्रबार ००:००  ९ : ३० बजे