४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बाणगंगाको मेचकुरीमा घुम्ती शिविर ‘एकहजार लाभान्वित’



गीता अधिकारी, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले एकिकृत घुम्ती शिविर सेवा शुरु गरेको छ । वाणगंगा नगरपालिकाको वडा न.१० मेचकुरीबाट सेवा प्रारम्भ गरेको एकदिने एकिकृत घुम्ती शिविरमा ९ सय ८५ जना लाभान्वित भएका छन् ।

सेवाग्राही नागरिकलाई टोलबाटै नगरपालिकाको सेवा प्रवाह पु¥याउने उद्देश्यले संचालित एकिकृत घुम्ति शिविरमा १२ वटा विषयगत शाखाले ९ सय ८५ जनालाई सेवा प्रवाह गरेको नगर प्रमुख चक्रपाणी अर्यालले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

नगरपालिकाको पशु सेवा, शिक्षा, कृषि, आयुर्वेद, योजना अनुगमन, बन वातावरण, भवन तथा शहरी, स्वास्थ्य, घरेलु तथा साना उद्योग, रोजगार तथा श्रम, महिला बालबालिका, र सुरक्षित आप्रवासन सम्बन्धी सेवा दिइएको छ । घुम्ती शिविरमा सवैभन्दा बढि २ सय ६५ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएका छन् भने स्वास्थ्य सम्बन्धी २ सय ३०, पशु सेवा १ सय ९४ र कृषि सेवाबारे १ सय ७० जनाले लाभ लिएका छन् ।

घुम्ती शिविरमा नगरवासीको उत्साहजनक उपस्थिती रहेकाले यसको प्रभावकारीता बढि देखिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो । नगरपालिकाको विगतको कार्यपालिकाले वैठकको प्रत्येक महिना वडा वडामा पुगेर शिविर संचालन गर्ने निर्णय गरेको थियो ।

सोही वमोजिम नगरपालिकाको कर्मचारी टिम, जनप्रतिनिधी घुम्ती शिविरमा नागरिकको सेवा प्रवाहमा खटिनुभएको थियो । क्रमश नगरका सवै वडामा एकिकृत घुम्ती शिविर संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।

प्रकाशित मिति : १७ माघ २०८० बुधबार ००:००  ७ : १६ बजे