१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तु उद्योग वाणिज्य संघ चुनावः यी हुन् गणेश क्षेत्री प्यानलका पदाधिकारी



कपिलवस्तु।
कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन आउन अब एक साता पनि बाँकी छैन ।

माघ २३ को अधिवेशन मिति नजिकिएसँगै आगामी ३ बर्षे नेतृत्वको लागि तिनवटा प्यानल चुनावी दौडधूपमा छन् । काँग्रेस र माओवादीसहितको साझा प्यानल, एमाले प्यानल, स्वतन्त्र प्यानल चुनावी दौडमा छ भने एक जनाको अध्यक्षमा मात्र स्वतन्त्र उम्मेदवारी रहने चर्चा छ । सबै प्यानलले आआफ्नो नाम पनि सार्वजनिक गरिरहेका छन् ।

यसैबीचमा बाणगंगा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तथा व्यवसायी गणेश बहादुर क्षेत्रीको प्यानलका पदाधिकारी टुङ्गिएका छन् ।

नयाँ थपिएकामा बाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्षमा मिना पौडेल, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सहकोषाध्यक्षमा बसन्त कँडेल रहेका छन् । सघंका पूर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपानेका अनुसार महिला खुला सदस्यतर्फ बिमला श्रेष्ठ र सिता पोख्रेल घिमिरेले उम्मेदवारी दिने छन् ।

यसअघि बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, एसोसियट उपाध्यक्षमा रामजी सेन, महासचिवमा नवदत्त घिमिरेको नाम सार्वजनिक भइसकेको छ । संघमा करिब २१ सय सदस्य रहेका छन् ।

यसैबीच अध्यक्षका उम्मेदवार क्षेत्रीले आफू लामो समय उद्योग, ब्यवसाय, समाजसेवा र जनताको काममा लागेकाले सहयोग गर्न अपिल गरेका छन् ।

संघको आगामी नेतृत्वको लागि एमाले प्यानलबाट मोहन न्यौपानेको प्यानल चुनावी मैदानमा छ भने स्वतन्त्रतर्फको प्यानलमा लक्ष्मण कँडेले नेतृत्व छ । त्यस क्षेत्रका प्राध्यापक तथा ब्यवसायी रमेशचन्द्र भुसालले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।

प्रकाशित मिति : १८ माघ २०८० बिहिबार ००:००  ५ : ४० बजे