१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल आदर्श क्याम्पस शिवपुरमा प्रध्यापकको अनावश्यक दबाब



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको नेपाल आदर्श बहुमुखी क्याम्पसमा केही प्रध्यापकले सञ्चालक समितिमाथि अनावश्यक दबाब बढाएका छन् ।

क्याम्पसमा केही महिना देखि क्याम्पस प्रमुखको पद रिक्त छ । उक्त पदका लागि क्याम्पस सञ्चालक समितिले दरखास्त आह्वान गरेको छ ।

क्याम्पसका केही प्रध्यापकले भने आफूहरु भित्रबाट नै क्याम्पस प्रमुख बनाउनुपर्ने भन्दै सञ्चालक समितिमाथि दबाब बढाएका हुन् ।

खुल्ला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख बनाउन नहुने भन्दै केही प्रध्यापकले सञ्चालकमाथि अनावश्यक दबाब बढाएको स्रोतले बतायो ।

खासगरी केही प्रध्यापकले क्याम्पस प्रमुखमा श्रीधर आचार्यलाई ल्याउन चाहन्छन् । आचार्य क्याम्पसमा लामो समय देखि पढाउँदै आएका प्रध्यापक हुन् । तर उनी एक सामुदायिक विद्यालयका राहत शिक्षक हुन् ।

कुनै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले क्याम्पसमा अध्यापन गराउन पाउने भएपनि क्याम्पस प्रमुख बन्न चाहीँ पाइदैन् । क्याम्पस प्रमुख सिंगो क्याम्पसको पूर्णकालिन कर्मचारी हो । तर आचार्यले मिल्दै नमिल्ने विषयमा प्रध्यापकलाई उचालेर आफू प्रमुख बन्नका लागि अनावश्यक दबाब बढाइरहेको स्रोत बताउँछ ।

आचार्यकै कारण क्याम्पस प्रमुखका लागि खोलिएको खुला प्रतिस्पर्धाको सूचना के हुने हो भन्ने अन्यौल बढेको छ । जति अन्यौल बढ्दै जान्छ उति नै क्याम्प प्रमुख विहिन हुने छ । क्याम्पसमा प्रमुख विहिन हुँदा प्रशासनिक काम प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  ९ : १८ बजे