१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले नेता डम्बर शर्माको गुनासोः तीन नेताले पार्टी जिम्मेवारीविहिन बनाएर पुरुषार्थ देखाए



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुका नेता डम्बर शर्माले पार्टीका तीन नेताले आफूलाई जिम्मेवारीविहिन बनाएको गुनासो गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै शर्माले कपिलवस्तुका तीन नेताका कारण आफू पार्टी जिम्मेवारविहिन भएको गुनासो गरेका हुन् । साथै उनले यी तीन नेतालाई आफ्नो पुरुषार्थ देखाएको आरोप लगाएका छन् ।

बुद्धभूमि नगपालिका वडा नं. १ पथ्थरकोट घर भएका शर्मा एमाले कपिलवस्तुका पुराना नेता हुन् ।

आफूलाई कुन कुन नेताले जिम्मेवारीविहिन बनाएका हुन् नाम भने खुलाएका छैनन् ।

कपिलवस्तु एमालेमा पार्टी पोलिटब्यूरो सदस्य विमला घिमिरे, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलराम अधिकारी, जिल्ला अध्यक्ष डम्मर शर्मा शिर्ष नेतृत्वमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८० आइतबार ००:००  ९ : १५ बजे