११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

चौतारी स्थापना दिवसमा ३० हजार बराबरको उपचार सहयोग



कपिलवस्तु ।
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा चौतारी मिलन तथा विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारी नेपाल कपिलवस्तु र बाणगंगा नगर समितिको आयोजनामा बाणगंगा नगरपालिका वडा न ७ खारखानिमा चौतारी मिलन तथा महिला पत्रकारका लागि कुर्सी दौड प्रतियोगिता आयोजना भएको थियो भने आइतबार चन्द्रौटामा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले स्थापना दिवसको शुभकामना दिदै प्रेस चौतारीले जनप्रतिनिधीका सवै समाचार राम्रा नराम्रा विषय उजागर गर्न आग्रह गर्नुभयो । उहाँले नागरिकका जनजीविकाको विषयमा कलम चलाउदा जिम्मेवार निकायको ध्यान आकृष्ट हुने बताउनुभयो ।

चौतारीको २६ औं स्थापना दिवसमा शाखाले स्वास्थ्य उपचारको लागि ३ जना पत्रकारलाई ३० हजार सहयोग प्रदान गरेको छ । भारतमा ब्लड क्यान्सरको उपचर्राथ रेडियो शिवराजका स्टेशन म्यानेजर दिपक केसी, सवारी दुर्घटनामा परेका प्राविधिक विज्ञ लक्ष्मण सापकोटा र खुट्टाको अप्रेसन गरी घरमै बसेका विजयनगर एफएमका पत्रकार कृष्ण पौडेललाई जनही १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको हो । साथै महिला पत्रकारको लागि संचालित कुर्सी दौडमा सरिता थारु प्रथम, सिता वेल्वासे द्धितिय र गिता थापा तृतिय भएकी छन् ।

त्यस्तै चौतारी शिवराज नगर अध्यक्ष दिपक खड्कालाई भारतमा सम्पन्न शारिरीक अपांगता भएका व्यक्तिहरुको टी २० क्रिकेट प्रतियोगिता र ऐतिहासिक पहिलो टेष्ट प्रतियोगीतामा पहिलो पटक उत्कृष्ट प्रदर्शन गरेकोमा सम्मान गरिएको छ ।
कार्यक्रममा विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, वाणगगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारु लगाएतले सुशासन र विकास निर्माण संगै स्थानीय मुद्धाको बिषयमा प्रेस चौतारीले संचार क्षेत्रमा प्राथमिकताका दिई कार्य गरेको बताउनुभयो । जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्ष जानू पाण्डेको रहेको थियो भने सन्चालन उपसचिव कुलराज भुसालले गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश सचिव हरि अधिकारी, चौतारी जिल्ला अध्यक्ष जानु पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको शुभकामना दिनुभयो । पत्रकारले स साना भएपनि दुरदराजका बिषयबस्तुलाई समाचार लेख्न समेत सुझाव दिनुभयो ।

प्रकाशित मिति : २२ माघ २०८० सोमबार ००:००  ९ : ३१ बजे