२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

काम गर्ने कल्चर बसालौं, हर्ड मेन्टालिटी हटाऔं : अर्थमन्त्री महत



गिता अधिकारी, कपिलवस्तु ।
संघीय अर्थमन्त्री प्रकाश शरण महतले नेपालीहरुले काम गर्ने कल्चर बसाल्नुपर्ने बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री महतले हामीमा काम गर्ने भन्दा कुरा गर्ने परिपाटीले देशको प्रगति हुन नसकेको बताएका हुन् ।

‘हामी धेरै कुरा गर्छौ, राजनीति तहमा पनि त्यस्तै धेरै कुरा ग¥यौं र निजी क्षेत्रमा पनि त्यसको प्रभाव छ, उनले भने, राजनीतिको प्रभाव नीजि क्षेत्रमा पर्दै गएको छ’ । जसले ज्यादा कुरा गर्दछ त्यहाँ काम हुँदैन् र परिणाम पनि आउदैन, उनले उदाहरण दिदै भने जापानीजहरु काम गर्दछन् कुरा गर्दैनन्, उनीहरु थोरै बौल्छन् र काम ज्यादा गर्दछन् ।

उनले भने, ‘कुरा गर्न सजिलो छ, काम गर्न गा¥हो छ, हामी सुधारिनु पर्दछ र हर्ड मेन्टालिटी हटाउनुपर्दछ । नकारात्मक जसले कुरा ग¥यो उही बढि फलोइङ्ग हुन थाल्यो । हामी सतही भयौं, गहिरिएर सुन्ने, पढ्ने र सोच्ने चलन हराएर गयो’ मन्त्री महतले थपे ।

उनले भने–’सरकारमा बसेका हौ वा नीजि क्षेत्रमा बस्ने हामी, काम गर्ने कल्चर बसाल्नुपर्दछ । बाहिर जादा हामी जसरी काम गर्दछौं त्यसरी नै देशमा बस्दा काम गर्नुपर्दछ । तुलनात्मक रुपमा हाम्रो देश धेरै सानो छ । यहाँ धेरै विविधता छ, हावापानी, बनस्पति, भाषा, धर्म, सँस्कृति, कलालाई संसारले स्वीकारेको छ । यो सुन्दरम देश हो ।’

मन्त्री महतले थपे, ‘विगतको नेपालको इतिहास हेर्ने हो भने २ प्रतिशत मात्र शिक्षित थिए । आधुनिक विकास क्रम ढिला सुरु भयो । विभिन्न अस्थिरता, राजनैतिक उतार चढावले विकासको गति लिन सकेन । धेरै समय राजनीतिक अस्थिरतामा गयो । ४६ सालपछि अलि अलि विकासको कुरा उठ्यो, त्यसपछि फेरि राजनीतिक द्धन्द्ध र अस्थिरताले विकासमा अलमलियो । पछिल्लो समय हरेक तहमा अर्थतन्त्रको बहस हुन थालेको छ, यो सकारात्मक कुरा हो । राजनीतिक परिवर्तन पछिको आर्थिक एजेण्डाको बहसले देशको प्रगति हुन्छ ।’

प्रकाशित मिति : २३ माघ २०८० मंगलबार ००:००  ९ : १८ बजे