१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवा र समावेशी छौं, व्यवसायीको हकहितमा काम गर्छौ : महिला उपाध्यक्ष सोमै



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग वाणिज्य संघकोे नयाँ नेतृत्वका लागि बुधवार उम्मेदवारले आफनो मनोनयन दर्ता गराएका छन् । माघ २७ गते शनिबार संघको मतदान हुने समय सिमा तोकिएको छ ।

१६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन माघ २३ गतेदेखि शुरु भएको हो । नयाँ नेतृत्वका सर्वसम्मत नभएपछि निर्वाचन हुने पक्का छ । उम्मेदवारहरुले आ आफना प्यानल बनाएर मनोनयन दर्ता गरेका छन् । एमाले निकटका न्यौपानेको प्यानल, संयुक्त गठबन्धनको क्षेत्री र रास्वपाका कँडेलको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मनोनयन दर्तागरेपछि प्यानल खडा गरी उम्मेद्वारहरु घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु मतदातालाई रिजाउन चुनावी एजेण्डा लिएर भोट माग्नमा व्यस्त भएका छन् । निर्वाचनको समय नजिकिदै गएपछि आफना प्रतिवद्धतासहित उम्मेदवार दिनभरीनै घरदैलोमा भेटघाटमा पुगेका छन् ।

अध्यक्षका उम्मेदवार मोहन न्यौपानेको व्यवसायिक समावेशी युवा प्यानलले कपिलवस्तु उद्योग वाणिज्य संघको हकहितमा निरन्तर काम गरिरहेको बताएका छन् । न्यौपानेको प्यानलबाट उम्मेदवार बनेका महिलाहरु मतदातासंग भेटघाट गरी व्यवसायीको हकहितमा विगतमा पनि थियौं अहिले पनि निरन्तर छौं, त्यसैले हाम्रो उम्मेदवारी भएको बताएका छन् । संघको उपाध्यक्ष महिलामा पवित्रा सोमै मगर, महिला खुला सदस्यमा वाणिज्य, उद्योगतर्फ मधु केसी र सकरामी थारु तथा निर्मला अधिकारी पाण्डेले (कृषि उद्यम तर्फ) आफुहरु व्यवसायिक हकहितको पक्षमा संघमा नेतृत्व लिन खोजेको बताएका छन् ।

संघकी महिला उपाध्यक्षमा मनोनयन गरेकी पवित्रा सोमैले साना ठुला सवै व्यवसायीको पेशागत सुरक्षा र महिला युवा उद्यमीको क्षेत्रमा काम गर्ने बताएकी छन् । उम्मेद्वार पबित्रा कस्मेटिक एण्ड फेन्सी स्टोर्स सञ्चालन गर्नुभएको छ भने कपिलवस्तु हाट बजार व्यवसायी समितिको अध्यक्ष र बिनायक बचत तथा ऋण सहकारी संस्था लि.को सदस्यको भुमिका रहनुभएको छ ।

खुला महिला उम्मेदवार मधु केसी कपिलवस्तु हाट बजार व्यवसायी समितिको उपाध्यक्ष, विनायक बचत तथा ऋण सहकारी संस्थाका सदस्य हुनुहुन्छ भने अर्की महिला सदस्य अधिकारी पाण्डेले कोपवामा कृति मोटर पार्टस सञ्चालन गर्नुभएको छ । त्यस्तै सकरामी थारु अनुष्का ब्युटी पार्लर बोडगाउँका सञ्चालन गर्दै आउनुभएको छ भने सौन्दर्य कला व्यवसायी संघ जिल्ला समिति कपिलवस्तुका कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

आफूहरु लामो समयदेखि पेशा व्यवसायमा संलग्न भएकाले मतदाताको रोजाईमा पर्ने विश्वास व्यक्त गरेका छन् । युवा व्यवसायी न्यौपाने प्यानलको प्रतिवद्धता अनुसार संघको श्रीवृद्धिका लागि युवा, महिला, दलित जनजाती सवै समेटेर समावेशी टिम निर्माण गरेको सोमैले बताएकी छन् ।

प्रकाशित मिति : २५ माघ २०८० बिहिबार ००:००  ८ : ४८ बजे