१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कृष्णनगरमा लागूऔषध चरेससहित २ महिला पक्राउ



कृष्णनगर ।
कपिलवस्तु प्रहरीले लागुऔषध चरेससहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार ४ केजी ९६४ ग्राम लागुऔषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोल्पा दुईखोली गाउँपालिका १ बस्ने ३३ वर्षीय रश्मि बुढाको साथबाट ३ केजी १३८ ग्राम र वर्ष ४३ कि तुलसा रोकामगरको साथबाट १ केजी ८२६ ग्राम लागुऔषध चरेस बरामद गरेको हो ।

निजहरूलाई खानतलासी गर्दा कपडाको पेटी बनाई कम्मरमा लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथबाट ५ पोका र रोकामगरको साथबाट ४ पोका चरेश फेला परेको हो । उनीहरुमाथि थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८० सोमबार ००:००  ८ : ३६ बजे