१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तु बस दुर्घटना (अपडेट) : मृतक एक जनाको मात्र सनाखत, घाइतेको पहिचान खुल्यो



कपिलवस्तु ।
बुधबार राति भएको यात्रु बस दुर्घटना मध्ये मृतक एक जनाको मात्र पहिचान खुलेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

बसमा ३७ जना सवार रहेका थिए ।

महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रु बस शिवराज नगरपालिका-१ स्थित सुरइ खोला दोबाटोमा दुर्घटना भएको हो ।

मृतक १० जना मध्ये रौतहट पहुराही नगरपालिका ३ का ४६ बर्षीय नारायण बहादुर भण्डारीको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख अनिश भण्डारीले जनाएको छ । बाँकी ९ जना मृतकको सनाखत हुन बाँकी छ ।

यस्तै दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

बस सडकबाट एक सय मिटर तल खोलामा खसेको छ ।

घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक बहादुर कार्की, बस चालक कन्चनपुर भिमदत्त नगरपालिका ४ वस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका- १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका-२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गाउँपालिका- ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कन्चनपुर भिमद्त्त नगरपालिका-१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर भिमदत्त नगरपालिका- १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका-१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर भिमदत्त नगरपालिका– १ बस्ने बर्ष १८ को नितेश सुनार रहेका छन् ।

त्यस्तै गोरखा शहिद लखन गाउँपालिका-७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त नगरपालिका-१४ वस्ने वर्ष ३३ की गिता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका- ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कन्चनपुर भिमदत्त नगरपालिका १६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा नगरपालिका-१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त नगरपालिका -१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त नगरपालिका १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त नगरपालिका –१ वस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कन्चनपुर भिमदत्त नगरपालिका-४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उक्त बस सुनौलो यतायात प्रालिको हो । दुर्घटना भएको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले घटनास्थलवाट समयमै उद्वार गरि घाइतेहरुलाई अस्पताल पुर्‍याएको डिएसपी पौडेलले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८० बिहिबार ००:००  ८ : ०९ बजे