१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

बाणगङ्गाको ठाकुरापुरबाट अवैध सामग्री सहित १ जना पक्राउ



मायादेवी अनलाइन, बाणगङ्गा ।

कपिलवस्तुको बाणगङ्गाबाट ठुलो परिमाणमा अवैध कुर्सी बरामद भएको छ । बाणगङ्गा नगरपालिका ४ ठाकुरापुरबाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा ६३३ वटा प्लास्टिकका कुर्सी र कुर्सी बेच्‍नका लागि प्रयोग गरिएका ६ वटा साइकल समेत बरामद गरिएको छ ।

कुर्सी साईकलमा हालेर गाउँ गाउँमा बेच्‍न लगेको अवस्थामा सङ्‍का लागेपछि एक जना व्यवसायीले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजङ्ग रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त कुर्सी बरामद गरेको हो ।

कुर्सी बेच्‍ने काम गर्ने भारतको उत्तर प्रदेशका मबि अहमदलाई पक्राउ गरेपनि मुख्य व्यापारीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । बरामद कुर्सीको बिल रुपन्देहीको भएको र उक्त कुर्सी कर छली गरी ल्याइएको आशंका गरिएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त कुर्सी अहिले आवश्यक कारबाहीको लागि बाणगङ्गा नगरपालिकामा पठाइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजङ्ग रायमाझीले मायादेवी अनलाइनलाई बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८० सोमबार ००:००  ८ : ३५ बजे