१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

कपिलवस्तुमा हत्या गरी गाडिएको शव सनाखत



कपिलवस्तु ।
कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षीय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर वली जानकारी दिए।

कपिलवस्तुमा नगरपालिका– ४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा आइतबार साँझ शरीर जलाइएको र टाउको नभएको शव अवस्थामा शव फेला परेको थियो।

मृतक कुर्मी गत शनिबार साँझ देखि सम्पर्कविहीन थिए। नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेको शवलाई मृतकका भाइले सनाखत गरेका थिए।

शरीरको केही भागमा जलेको अवस्थामा रहेको जिन्सको ज्याकेट, कपडा लगायतका कुरा आफ्नै छोराको रहेको मृतकका बुवा रामपतिले बताए।

शवलाई पोस्टमार्टमका लागि सोमबार बुटवल लगिएको थियो। प्रहरीले घटनाको अनुसन्धान सूक्ष्म रुपले गरिरहेको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। घटनाका अभियुक्तलाई चाँडै कानुनको दायरामा ल्याउने उनले बताए।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  २ : ०३ बजे