३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कपिलवस्तु पिपरी हत्या अपडेटः बिवाहित पर स्त्रीसंगको सम्बन्ध नै घटनाको कारण



कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाउँ नजिकै कुलोमा हत्या गरी गाडिएको अवस्थामा फेला परेका महराजगंज नगरपालिका– ६ भलवारीका २७ बर्षीय शिव कुमार कुर्मी रहेका छन् ।

बिवाहपछि बिवाहित पर-स्त्रीसंगको सम्बन्ध नै घटनाको कारण रहेको घटनाको अध्ययनमा खटिएका प्रहरीको प्रारम्भिक भनाई छ ।

घटनाको दिन फागुन ५ गते राति योजनाबद्धरुपमा कुर्मीको हत्या गरिएको थियो ।

घटनास्थलको दक्षिण तर्फको खेतमा मृतक र हत्याराहरु बिच संघर्ष भएको निशान समेत खेतमा भेटिएको छ ।

यस्तै त्यही किनारामा रगत समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक नवरत्न पौडेलले हत्यारा पत्ता लगाई चाँडै घटनाको यथार्थ बिवरण बाहिर ल्याउने बताएका छन्।

शव परिवारले बुझेर सोमबार नै दाहसंस्कार गरेका छन । मृतकको टाउको भने फेला परेको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  २ : ०८ बजे