१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तुको बाणगंगाबाट ६ वर्षअघि हत्या गरी फरार ३ जना पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।

कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दाका तीनजना फरार प्रतिवादीहरु कारागार चलान भएका छन् । कारागार चलान हुनेमा बाणगंगा नगरपालिका वडा नं ६ अमौली बस्‍ने २८ बर्षीय तुल्सीराम थारु, २६ बर्षका शिव शंकर भन्‍ने शालिकराम थारु र वर्ष २६ का अनिल थारु रहेका छन् ।

कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट २०७६०५१० गतेको फैसला आदेशानुसार लगत नं ३०८० भएको कर्तव्य ज्यान मुद्दा सम्बन्धी कसुर मुद्दामा दोषी ठहर भएका उनीहरुको जनही ९ बर्ष ( जम्मा २७ बर्ष ) कैद भुक्तान गर्न बाँकी रहेको थियो । कैद भुक्तान नहुँदै उनीहरु फरार थिए ।

प्रहरीले खोजतलासका क्रममा उनीहरुलाई मंगलवार विभिन्‍न ठाउँमा लुकिरहेको अवस्थामा फेला पारेको हो । त्यसपछि कानुन बमोजिम पक्राउ गरी अदातलमा पेश गरिएकोमा अहिले कारागार चलान भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले बताउनुभयो ।

उनीहरुले २०७४ असोज १५ गते दिउँसो दसैँको मूर्ति विसर्जन गर्ने क्रममा बाणगंगा ६ लक्ष्मणघामा मोटरसाइकलको हेल्मेटले कुटपिट गरी २२ बर्षका राम बहादुर थारुको हत्या गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८० बुधबार ००:००  ७ : २२ बजे