१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विजयनगरले जित्यो महिला र पुरुष डोरीतान प्रतियोगिताको उपाधी



कपिलवस्तु ।
चौंथो जिल्ला स्तरिय महिला र पुरुष डोरी तान प्रतियोगिताको उपाधी विजयनगर गाँउपालिकाले जितेको छ । वाणगंगा बुद्धरंगशालामा आयोजित महिला र पुरुष दुवै समूहको डोरी तान प्रतियोगितामा विजयनगर गाउँपालिका प्रथम भएको हो । पुरुष तर्फको डोरी तान प्रतियोगिताको द्धितिय बुद्धभूमि नगरपालिका र तृतीय स्थानमा वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिका रहेका छन् ।
त्यस्तै महिला तर्फको डोरी तान प्रतियोगितामा विजयनगर गाउँपालिकानै प्रथम भएको छ । द्धितिय स्थान वाणगंगा नगरपालिका र तृतीय स्थानमा बुद्धभूमि नगरपालिका, शुद्धोधन गाउँपालिका रहेका छन् । प्रथम, द्धितिय र तृृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १२ हजार र १० हजार तथा शिल्ड प्रमाण पत्र रहेको छ । महिला तर्फ ५ केजी तौल समूह र पुरुष तर्फ ६ सय केजी तौल समूहबीच प्रतिस्पर्धा भएको डोरीतान जिल्ला संघका अध्यक्ष खोप बहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तैगरी बाणगगा अन्तर बिद्यालय नगर स्तरिय डोरी तान प्रतियोगिता तर्फ महेन्द्र मा.वि. कोपवा प्रथम भएको छ भने तृतीय वाणगंगा मा.वि.लौगाई भएको छ । उपविजेता गोल्डेन होराईजन ईंग्लिश बोर्डिङ स्कुल गजेहडाको विषयमा विवाद भएपछि आयोजक संस्थाले उक्त उपाधी घोषणा गरेन । होराइजन ईंग्लिश बोर्डिङ स्कुल सिद्धिपुरले नियम विपरित खेल खेलेको भन्दै उजुरी गरेपछि आयोजकले रोकेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले खेलकुदको माध्यमबाट युवाहरुको चौतर्फी विकाससंगै स्थानीय सरकारले खेलकुद क्षेत्रमा आफनो पहिचान बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, नगर उपप्रमुख रिता कुमारी चौधरीले सवै पालिकाहरुले खेलकुदको माध्यमबाट एकअर्काे पालिका बीच पारस्परिक सहयोग र सम्बन्धको विकास हुने बताएका थिए ।
समुद्घाटन समारोहमा हिलबर्ट ईंग्लिश बोर्डिङ स्कूलका बिद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । यस अघिका प्रतियोगितामा वाणगंगा नगरपालिकाले लगातार जित्दै आएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८० बिहिबार ००:००  ८ : ३० बजे