१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कृष्णनगरबाट ठुलो परिमाणमा चरेश सहित ५ जना पक्राउ



कपिलवस्तु ।

अवैध लागूऔषध चरेश २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ खनियावास गाउँपालिका ५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्ध कुमाख गाउँपालिका ४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाँउपालिका ५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रुकुम भूमे गाउँपालिका २ घर भई दाङ लमही नगरपालिका ४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छन्।

ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगापालिका २ लिङ्गेट नेपालबाट भारततर्फ जादै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेशसहित पक्राउ गरेको हो। यस्तै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संग्लनता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका १ शिवानगरवाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने वस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८० सोमबार ००:००  ९ : ५२ बजे