१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कपिलबस्तु साझेदारी बनको अध्यक्षमा गंगेशनाथ तिवारी बिजयी



कपिलबस्तु ।

कपिलबस्तु साझेदारी बन ब्यस्थापन समितिको बुधबार सम्पन्न निर्वाचनमा गंगेशनाथ तिवारी बिजयी हुनुभएको छ । तिवारीले १ सय २ मत प्राप्त गरि बिजयी हुनुभएको हो । तिवारीका निकटम प्रतिद्वन्द्वी राम कुमार यादवले ४१ मत ल्याउनुभएको छ । त्यस्तै अर्का अध्यक्षका उम्मेदवार हसमत अलि धुनियाले २ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्ष पदमा मिना कुमारी कुर्मि निर्वाचीत हुनुभएको छ । उहाँले ९७ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी ज्ञानमति कुर्मिले ४७ मत प्राप्त गर्नुभएको छ । साझेदारी बनको कुल १ सय ५४ मतदाता रहेको निर्वाचनमा १ सय ५१ मत खसेको छ । गंगेश तिवारी नेकपा एमाले जिल्ला कमिटि सदस्य हुनुहन्छ भने अध्यक्षमा पराजित राम कुमार यादव नेपाली काँग्रेस निकट हुुनुहुन्छ । अध्यक्षमा निर्वाचित तिवारीको यो दोश्रो कार्यकाल हो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८० बुधबार ००:००  १० : ०९ बजे