१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कपिलवस्तुमा साउन यता सवारी दुर्घटनाबाट ४९ जनाले ज्या*न गुमाए, दुई सय घाइते



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुमा चालु आव ०८०/०८१ को फाल्गुण अन्तिमसम्म सवारी दुर्घटनाबाट ४९ जनाले ज्यान गुमाएका छन् ।

साउन यता फाल्गुण २५ सम्म जिल्लामा सवारी दुर्घटनाबाट ४९ जनाले ज्यान गुमाएका छन् भने दुई सय जना घाइते भएका छन् ।

जिल्ला भित्र दुई पाङ्ग्रे देखि चारपाङ्ग्रे (सानाठूला) गरी १ सय २२ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा मोटरसाइकल दुर्घटनाको संख्या बढी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख नवीन भण्डारीले दिएको सूचना अनुसार मोटरसाइकल दुर्घटनाको संख्या ९४ छ । यी दुर्घटनाबाट २३ जनाको ज्यान गएको छ ।

यस्तै जिपकार दुर्घटनाको संख्या २४ छ भने यो दुर्घटनाबाट ५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै जिल्लामा चालु आवमा २६ हजार ३८२ सवारी साधन कारबाहीमा परेका छन् । जसबाट रु. १ करोड ८९ लाख २१ हजार राजश्व संकलन भएको छ । बढ्दो सवारी दुर्घटनालाई रोक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक हजार ५४५ वटा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमले ४७ हजार ४९१ जना लाभान्वित भएको ट्राफिक प्रहरीको दाबी छ ।

बर्षेनी जिल्लामा सवारी दुर्घटना बढिरहेको छ । तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन गर्नु, साँघुरो सडक, ओभर ट्रयाक लगायतका कारण सवारी दुर्घटनामा वृद्धि भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८० शनिबार ००:००  ४ : ०१ बजे