१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कार्तिकदेखि हराएका कपिलवस्तुका आयुषको शव फेला



मायादेवी अनलाइन, बाणगंगा ।
गत कार्तिक देखि हराइरहेका आयुष बस्नेतको शव फेला परेको छ ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका १ वीरपुर घर भएका बस्नेत गत कार्तिक १२ गतेदेखि हराइरहेका थिए ।

काठमाडौंँबाट घर हिडेका उनी हराएको भन्दै घरपरिवारले खोजबिनका लागि सबैमा अपील गरेका थिए ।

उनको शव धादिङको गल्छि गाउँपालिका ६ बैरेनीमा फेला परेको जनाइएको छ ।

सडेको अवस्थामा फेला परेको शव नजिकै उनको परिचय पत्र समेत भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङ्गले शव फेला परेको जनाएको छ ।

उनको शवलाई टिचिङ हस्पिटल काठमाण्डौ पठाएको प्रहरी चौकी बैरेनीका प्रमुख बिरेन्द्र शाहले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८० आइतबार ००:००  ९ : ४४ बजे