१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मन्त्री भएपछिको पहिलो जिल्ला दौडाहमा अधिकारी



मायादेवी अनलाइन, बाणगंगा ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी गृह जिल्ला कपिलवस्तु आएका छन् ।

जिल्लाको क्षेत्र नं. १ का संघीय सांसदसमेत रहेका अधिकारी मन्त्री भएपछि पहिलो पटक जिल्ला भ्रमणमा निस्किएका हुन् ।

शुक्रबार जिल्ला प्रवेश गरेका मन्त्री अधिकारी विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् ।

जिल्लाका नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका मन्त्री अधिकारी शुक्रबार दिउँसो जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसंग भेटघाट गरेका थिए ।

मन्त्री अधिकारीसँग जिल्लाबासीले विकासका विभिन्न योजना पेश गरेका छन् ।

आइतबार विहान काठमाडौं फर्किने मन्त्रीको कार्यतालिका रहेको र आज एक दर्जन बढी कार्यक्रममा सरिक हुने मन्त्रीका स्वकीय सचिव थानेश्वर अधिकारीले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८० शनिबार ००:००  ९ : १५ बजे