१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिक्षक संगठन नगर समितिको अध्यक्षता थापा



वाणगंगा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ । संगठनको दोश्रो नगर अधिवेशनले विष्णु कुमार थापाको अध्यक्षता सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षद्वय सरस्वती गौतम, सिर्जना न्यौपाने र सचिव देवेन्द्र थापा रहनुभएको छ भने सह सचिवमा पुष्पा कार्की, कोषाध्यक्षमा नबिन भुसाल रहनुभएको छ । संठनको नगरसमितिको सदस्यहरुमा गिता खनाल, ढुण्डीराज खनाल, चन्द्र प्रसाद थारु, मनिषा पौडेल, निर्मा थापा, भोजराज थारु, कमल पौडेल र कमल प्रसाद घिमिरे रहनुभएको छ ।
प्रदेश सांसद विष्णु पन्थीले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरुको मेहनत आवश्यक भएको बताउनुभयो । उहाँले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै पेशागत हकहितको लागि संगठन सदृढ बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षक पेशा मर्यादित भएकाले भोलीको जनशक्ति कस्तो बनाउने जिम्मेवारी पनि शिक्षककै भएकाले यसको गरिमा बचाइराख्नु पर्नेमा जोड दिनुभयो ।
सिद्धार्थ क्याम्पस वाणगंगामा शनिबार सम्पन्न दोश्रो अधिवेशन धनु गाहा मगरको अध्यक्षता प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सह सचिव शान्ता पोखे्रल लगाएतको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८० आइतबार ००:००  १० : ३७ बजे