१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२३ दिनदेखि वाणगंगाका अर्जुन बेपत्ता, सहयोगको याचना



मायादेवी अनलाइन, वाणगंगा ।

२३ दिनदेखि कपिलवस्तुको बाणगंगा नगरपालिका ८ उदयपुरका अर्जुन परियार बेपत्ता भएका छन् । वाणगंगा ८ उदयपुर अवस्थित श्री जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १५ वर्षीय अर्जुन परियार फाल्गुन १९ गते शनिवारदेखि हराएका हुन् । लामो समयसम्म परियारको सम्पर्कमा नआएपछि परिवारजनले उनको खोजी गरिदिन सबैसामु सहयोगको याचना गरेका छन् ।

सुस्त मनस्थिति रहेका बालक गत शनिवार बिहान आफ्नै घरबाट हिँडेको र हाल सम्म पनि परिवारको सम्पर्कमा नआएकाले फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा विद्यालयमा सम्पर्क गरी सहयोग गरिदिनुहुन विद्यालय र आफन्तले अनुरोध गरेका छन् ।

हराएका ती बालक फागुन १९ गते घरबाट हिँडेपश्‍चात चारनम्बरमा देखिएको मामा आस बहादुर दर्जीले बताए । मामाले अर्जुनलाई घरबाट निस्केको देखेको र बहिनीको घरमा गएको खबर पाएको एकै छिनमा त्यहाँबाट पनि निस्केको बताए । उनी चार नम्बर हुँदै तौलिहवा तर्फ गएको छिमेकी गाडी चालकले बताएका छन् ।

बिगत ७ वर्ष अघि बुबाआमा गुमाएका बेपत्ता अर्जुन नेपालीका २ बहिनी छन् । उनी सहित २ बहिनी SOS बालग्राम भैरहवा पढ्दै आएका छन् ।अर्जुन उक्त ठाउँमा डेढ बर्ष बसेर त्यहाँबाट भागेर हिँडेका थिए । बुबाआमा गुमाउने बित्तिकै प्रेस चौतारी कपिलवस्तुले आफन्तलाई आर्थिक सहयोग र उनीहरुलाई उद्धार समेत गरेको थियो ।

अर्जुनले कालो हात्ती छाप चप्पल, आकासे रङ्गको धर्के सर्ट, कालो पाइन्ट र क्याप टोपी लगाएर हिँडेको र हालसम्म पनि फेला नपरेको हुँदा खोजी गरी सहयोग गरीदिन विद्यालय र आफन्तले अपिल समेत गरेका छन् । आफन्तले बालक कतै फेला परेमा मोबाइल नम्बर ९८६७३८५६४५ र ९८६९७८४९६० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरी दिनु हुन समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८० सोमबार ००:००  ११ : ५३ बजे