१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पर्यटन प्रवर्द्धनमा लाग्दै कोइलीचौर सामुदायिक वन



बाबुराम रायमाझी, जितपुर ।

कपिलवस्तुमा रहेको कोइलीचौर सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै जेष्ठ वनको रूपमा परिचित छ ।

बाणगंगा- ९ भर्तापुर र भर्लाबासमा रहेको यो वनको सक्रियतामा एउटा अनुकरणीय कामको शुरूवात गरेको छ ।

कोइलीचौर सामुदायिक वनले वन क्षेत्रको अतिक्रमण रोक्न अतिक्रमित क्षेत्रलाई हटाई दुई हेक्टर क्षेत्रफलमा ३ सय ४० मिटर लम्बाइ रहेकोे पोखरीको निर्माण कार्य धमाधम भई रहेको छ ।

सो ठाउँमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ सो कामको थालनी गरिएको कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामनी भुसालले बताए ।

यस ठाउँमा रमणीय पार्क, माछा पालन, वनभोजस्थल रहने एंम् डुंगा संचालन २०८१ असारसम्ममा संचालन हुने र सो डुंगा संचालनका लागि बाणगंगा ९ बाट वैदेशिक रोजगारमा गएका युवाहरुको सहयोग रहने अध्यक्ष भुसालले बताएका छन् ।

साथै सो कामको लागत ४० लाख लाग्ने अनुमान गरिएको छ । यस अतिक्रमित क्षेत्रलाई कोइलीचौर सामुदायिक वनबाट सौन्र्दयिकरण गर्ने कामको डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत बिजयराज सुबेदीले समेत अनुगमन गरेका थिए ।

सो वनको नमुना कामबाट स्थानीय युबाहरुको जिविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोइलीचौर सामुदायिक वनमा ४ सय ८० उपभोक्ता आबद्ध रहेको एंव् दुई सय १८ हेक्टर क्षेत्रफलमा रहेको समूहका सचिव सुष् क्षेत्रीले जानकारी गराएकी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८० बिहिबार ००:००  १२ : ४७ बजे