२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

‘एमाले कपिलवस्तुको नेतृत्व सर्वसम्मत चयन गर्छौै’



कपिलवस्तु ।

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले आगामी जिल्ला अधिवेशनबाट कपिलवस्तुको नेतृत्व सर्वसम्मत चयन गर्ने दाबी गर्नुभयो । नेता भट्टराईले पार्टी नेता, कार्यकर्ताको भावना अनुसार खुला छलफल गर्दै पार्टी नेतृत्व चयन गर्ने जिकिर गर्नुभयो । उहाँले युवा नेतृत्व निर्माण प्रति लक्षित गर्दै राजनैतिक वैचारिक परिपक्कता हुनुपर्नेमा जोड दिनुभयो ।

कपिलवस्तु इन्चार्ज समेत रहनुभएका खिमलाल भट्टराईले आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसक्ने तर नेताको वरिपरि घुम्ने र आफ्नो पद जोगाउने परिपाटीको अन्त्य गर्दै जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काममा पार्टीले ध्यान पु¥याउने तर्क गर्नुभयो । नेता भट्टराईले एमाले जिल्ला सचिवालयको वैठकलाई गजेहडामा शुक्रबार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

जिल्ला सचिवालय बैठकले यही वैशाख २९ र ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पालिका तथा जनसंगठनको अधिवेशन जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको जिल्ला अधिवेशनमा महिलाको ३३ प्रतिशत, युवाको १५ प्रतिशत प्रतिनिधित्व अनिवार्य गरेको छ भने समावेशीतालाई पनि उत्तीकै जोड दिएको जनाएको छ ।

अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ति एक दर्जन बढी उपसमिति निर्माण गरेको जनाएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ । बैठकले नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारी नेपाल सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त हुुनुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभेच्क्षा व्यक्त गरेको छ ।

जिल्ला सचिवालय बैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले कार्य सूची प्रस्तुत गर्नु भएको थियो । कार्यसूची प्रस्तुत गदै एमाले जिल्ला अध्यक्ष डम्मर शर्मालेले आगामी जिल्ला अधिवेशन स्वच्छ, मर्यादित रुपमा सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पार्टी संगठन निर्माण र सुदृढीकरणमा जोड दिनुभयो ।

सचिवालय बैठकमा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने,एमाले केन्द्रिय सल्लाहकार विष्णुराज आचार्य, काशिराम बेल्बासे, मुना ज्ञवाली, एमाले नेता झविलाल पोख्रेल, बाबुराम खनाल, द्रोणराज सुवेदीको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।

बैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०८० शनिबार ००:००  ७ : ११ बजे