१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुदुरपश्चिमलाई हराउदै हनामी बिएफसी फाइनलमा प्रवेश



वाणगंगा । हनामी बिएफसी प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । कपिलवस्तुको वाणगंगा बुद्धरंगशालामा विहिबार भएको दोश्रो सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई ११ लाई ३–० गोल अन्तरले हराउदै हनामी फाइनल प्रवेश गरेको हो ।
हनामीको जितमा विकास थापाले दुई गोल गरे भने तेजेन्द्र चौधरीले अर्को एक गोल थपे । खेलको १३औँ मिनेटमा तेजेन्द्रले गोल गर्दै हनामीलाई शुरूआती अग्रता दिलाएका थिए।

त्यसपछि ३६औँ र ६१औँ मिनेटमा विकासले गोल गर्दै हनामीलाई ३–१ ले विजयी गराए। खेलको म्यान अफ दी म्याच विकास नै घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। म्यान अफ दी म्याचको पुरस्कार गाय छाप ब्राण्ड पकडीले सौजन्य गरेको छ । प्रत्येक दिनको उक्त पुरस्कारको सौजन्य गाय छाप ब्राण्ड पकडी कपिलवस्तुले गर्दै आएको छ ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। पुलिसले बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र हनामी (भरतपुर फूटबल चितवन) भिड्ने भएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०८० बिहिबार ००:००  ७ : ३८ बजे