११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

वाणगंगा ९ मा संचालित घुम्ती शिबिरबाट १२ सय ८७ सेवाग्राही लाभान्वित



बाबुराम रायमाझी, भलवाड ।

कपिलवस्तुको वाणगंगा ९ मा संचालित एकिकृत घुम्ति शिविरबाट १२ सय ८७ सेवाग्राही लाभान्वित भएका छन् । वाणगंगा नगरपालिका कार्यपालिकाको निर्णय अनुसार आज संचालित घुम्ति शिविरमा वाणगंगा नगरपालिकाबाट सेवा प्रवाह हुने १२ वटा शाखाको सेवा एकैसाथ प्रदान गरिएको थियो ।

वाणगंगा ९ भलवाडको शुद्धोदन माबि जिनुवामा संचालन भएको एकीकृत घुम्ती शिबिरमा वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले उत्तमनगर टोल भर्लाबासका सन्त बहादुर बिसिलाई ब्यवसाय दर्ताको प्रमाणपत्र प्रदान गरि एकीकृत घुम्ती शिबिरको शुभाराम्भ गरेका थिए । घुम्ती शिविरमा मेयर अर्यालले नगरको क्षेत्रबाट टाढा रहेका सेवाग्राहीलाई नगरले प्राथमिकताका राखेर यो कार्यक्रम राखिएको बताएका थिए ।

भलवाडमा भएको घुम्ती शिबिरमा १२ सय ८७ जनाले प्रत्यक्ष सेबा लिएको नगरका प्रशासन शाखा प्रमुख केशवराज भट्टराईले बताए । कृषि बिकास शाखा अन्तर्गत बाली उपचार शिबिर तथा विषादि सचेतना १ सय ७३ जना, माटो परिक्षण १ सय ९४ जना, पशु विकास अन्तर्गत ३ सय १० जना, ब्यवसाय दर्ता र नवीकरण १३ वटा, स्वास्थ शाखा अन्तर्गत प्राथमिक उपचार र परामर्श सेवामा ३ सय १० जना, जेष्ठ नागरिक परिचयपत्र ११ जना, अपांग परिचयपत्र ५ जना, आयुर्वेद शाखामा २ सय ४६ जना, सुरक्षित आप्रवासन ३० जना र प्रधानमन्त्री रोजगार अन्तर्गत १७ जनाले सेवा लिएका छन् ।
घुम्ति शिविरमा सवैभन्दा बढि पशु र स्वास्थ्य सम्बन्धी ३ सय १० जनाले सेवा लिएका छन् भने सवैभन्दा कम भूमि सम्बन्धी सेवा ३ जनाले लिएका छन् ।
वाणगंगा ९ भलवाडका सेवाग्राहीहरुले आफ्नै घर आगनमा वाणगंगा नगरले एकीकृत घुम्ती शिबिर संचालन गरेर सेवा लिन पाएकोमा खुशी व्यक्त गरेका थिए । एकीकृत घुम्ती शिबिर बिहान १० बजेदेखि साँझ सम्म संचालन भएको थियो । आर्थिक बर्ष २०८०/०८१ को यस अघि बाणगंगा १० पटनाबाट पहिलो घुम्ती शिबिर सुरु गरिएको थियो । जसमा नगरबासी उत्साहित भएर सेवा लिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८० मंगलबार ००:००  ७ : ०० बजे