१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

शिक्षक सङ्गठन वाणगंगाको आयोजनामा रक्तदान कार्यक्रम



मायादेवी अनलाइन, वाणगंगा ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन वाणगंगा नगरसमितिको आयोजनामा “रक्तदान जीवन दान” भन्‍ने मूल मन्त्रका साथ रक्तदान कार्यक्रम सम्पन्‍न भएको छ ।

४५ औँ वार्षिक उत्सव तथा शिक्षक दिवसको अवसर पारी आयोजित उक्त कार्यक्रममा युनाईटेड नेशनल हस्पिटल ठकुरापुरको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी तौलिहवाको समन्वय रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन वाणगंगाका अध्यक्ष विष्णुकुमार थापाले बताउनुभयो ।

युनाईटेड नेशनल हस्पिटल ठाकुरापुरमा सम्पन्‍न उक्त रक्तदान कार्यक्रममा २७ प्वाइन्ट रगत संकलन भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८० बिहिबार ००:००  ३ : ५३ बजे