१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कपिलवस्तुमा हत्या अवस्थामा एक पुरुषको शव फेला



कपिलवस्तु ।
कपिलवस्तुमा एक पुरुषको अपहरण पश्चात् हत्या भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरी बाँधेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अभिरावस्थित एक मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरी हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ बर्षीय जमाल अहमदको अपहरण पश्चात हत्या भएको जनाइएको छ ।

शंका लागेर नियन्त्रणमा लिइएका तीन जनाको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले बताए । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८१ शुक्रबार ००:००  ११ : ३५ बजे