१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

अर्घाखाँचीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, दर्जन बढि घाइते



अर्घाखाँची ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शितगंगा ८ लाहापेका १३ बर्षीय प्रज्वल बुढाथोकी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सुपादेउराली दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे-सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटनामा परेको थियो ।

घाइते सबै दाङ गढवा एकका रहेका छन् । घाइते १७ जनाको बुटवलमा विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

बस ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१ शुक्रबार ००:००  ११ : ५१ बजे