२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुमा अपहरण गरेको ८ घण्टा पछि रिहा, आरोपित पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा अपरहण गरेको ८ घण्टा पछि एक युवाको सकुशल उद्धार गरिएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवाका बिनित मिश्रालाई एक समूहले अपहरण गरेको थियो ।

अपहरणको आरोपमा ६ जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीका प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

अपरहणको आरोपमा ४ जना मुख्य आरोपीसहित ६ जनालाई पक्राउ गरिएको हो ।

घटनाको कारण लेनदेन हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१ बिहिबार ००:००  १० : २८ बजे