४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले कपिलवस्तु अधिवेशनः अध्यक्षमा शर्मा र खनाल, एक उपसचिवमा ७ जना प्रतिस्पर्धामा



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) कपिलवस्तुको नयाँ नेतृत्व चयनका लागि चुनाव हुने भएको छ । शुक्रबार विहान ८ बजेदेखि निर्वाचन प्रक्रियाको थालनी हुने एमाले कपिलवस्तुले जनाएको छ ।

एमाले जिल्ला अध्यक्षका लागि डम्मर शर्मा र बाबुराम खनाल चुनावमा भीँड्दै छन् । नवौँ अधिवेशनमा पनि शर्मा र खनाल चुनावमा भिँडेका थिए । जसमा शर्मा निर्वाचित भएका थिए ।

एउटा उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । भेषराज शर्मा र शंकर पाण्डे उपाध्यक्षमा भीँड्न लागेका हुन् । दुवै पाण्डे अखिलबाट राजनीतिमा उदाएका नेता हुन् । भेषराज पाण्डे पछिल्लो समय सञ्चार क्षेत्रमा क्रियाशिल थिए भने शंकर पाण्डे पार्टी राजनीतिमा नै सक्रिय थिए ।

सचिव पदका लागि सिबी गहतराज र विश्व कार्की बीच प्रतिस्पर्धा हुँदैछ । गत निर्वाचनमा यी दुबै सचिवमा भीँड्दा गहतराजले चुनाव जितेका थिए ।

भूगोलका हिसाबले कार्की बाणगंगाका हुन् भने गहतराज शिवराज चन्द्रौटाका हुन् ।

एउटा उपसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । निवर्तमान उपसचिव अर्जुन केसी प्रदेश कमिटीमा निर्वाचित भइसकेका छन् । यस पदका लागि युवाहरु बढी आकांक्षी देखिएका छन् । यसका लागि कमल क्षेत्री, गोविन्द आचार्य (विकास), देवीबहादुर पोख्रेल, विष्णु प्रसाद गौतम, शारदानन्द यादव, विनोदकुमार चौधरी प्रतिस्पर्धामा छन् ।

ग्त निर्वाचनमा महिला उपसचिव सर्वसम्मत भएपनि यो पालि चुनाव हुँदै छ । जसका लागि निवर्तमान उपसचिव सुशीला दर्लामी, माधुरी अग्रहरी चुनावी प्रतिस्पर्धामा छन् ।

१२ जना खुल्ला जिल्ला सदस्यका लागि ४३ जना चुनावी मैदानमा छन् । १५ जना महिला सदस्य सर्वसम्मत भएका छन् ।

पालिका तर्फका खुल्ला, महिला, दलित, आदीवासी जनजाती लगायतका पदमा पनि चुनाव हुँदैछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१ बिहिबार ००:००  ९ : २४ बजे