४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न एमाले कपिलवस्तुमा तछाडमछाड



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको चन्द्रौटामा जारी नेकपा (एमाले) कपिलवस्तुको दशौं अधिवेशनमा शुक्रबार मतदान हुँदैछ । बुधबारदेखि सुरु भएको अधिवेशन विहीबारभित्रै सकाउने उद्धेश्य रहेपनि शुक्रबारसम्म नसकिएको हो ।

अधिवेशनका सबै प्रक्रिया सकिएपनि नेतृत्व चयनको प्रक्रिया सकिएको छैन् । शुक्रबार विहान ८ बजेदेखि मतदान प्रक्रिया सुचारु गर्ने तयारी छ ।

जिल्ला नेतृत्वको लागि लगभग प्यानल बनेको छ । अध्यक्षमा डम्मर शर्मा र बाबुराम खनाल चुनावी मैदानमा छन् । यी दुबैलाई केन्द्रदेखि जिल्लाका शिर्ष नेताको आर्शिवाद छ ।

स्रोतका अनुसार शर्माको पक्षमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेका जिल्ला इन्चार्ज बलराम अधिकारी छन् ।

खनालको पक्षमा पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल छन् ।

उपाध्यक्षमा भेषराज पाण्डे र शंकर पाण्डे बीच चुनाव हुनेछ । भेषराज बलराम अधिकारीका प्रमुख स्वकीय सचिव हुन् ।

सचिवमा सिबी गहतराज र विश्व कार्की बीच प्रतिस्पर्धा छ । गहतराजलाई नेता पोख्रेल र कार्कीलाई नेता अधिकारीको साथ छ ।

एक जना उपसचिवमा ६ जना प्रतिस्पर्धामा छन् ।

यस्तै जिल्ला सदस्य, भूगोल सदस्य र विभिन्न समावेशी कलस्टरमा पनि प्रतिस्पर्धा हुनेछ । खुल्ला महिला सदस्यमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१ शुक्रबार ००:००  ७ : ५० बजे