३ असार २०८१, आइतबार | Sun Jun 16 2024

सिटिजन्स बैंक ईन्टरनेशनल कोपवाद्धारा सहयोग



कोपवा ।

सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड शाखा कार्यालय कोपवाले वाणगंगा ५ स्थित कोपवा पार्कको व्यवस्थापनमा सहयोग गरेको छ । बैंकले बुधबार सामाजिक उत्तरदायित्व अन्तर्गत कोपवा हाटबजार अन्र्तगत रहेको कोपवा पार्कलाई एक कार्यक्रमको आयोजना गरी बस्ने बेन्चहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रममा शाखा प्रमूख श्री गोपाल प्रसाद थारु, बाणगंगा नगरपालिका वडा नं ५ का अध्यक्ष दुनिका प्रसाद भुसाल, कोपवा हाट बजार समितिका अध्यक्ष कमल प्रसाद अर्याल लगाएतले बोल्नुभएको थियो । सहयोग कार्यक्रम सिटिजन्स बैंक ईन्टरनेशनल शाखा कार्यालय कोपवाका कर्मचारी पुष्कर चुँदालीको संचालनमा भएको थियो । बैंकले नियमित रुपमा सामाजिक उत्तरदायित्व अभियान अन्तरगत सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१ बिहिबार ००:००  ११ : ३१ बजे