१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पारिजात प्रथम



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पारिजात पब्लिक स्कुल प्रथम भएको छ । नगरका १४ वटा विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा पारिजात पब्लिक स्कुल गोरुसिंगेले जीत हात पारेको हो । जसमा कक्षा १० की अश्बी भण्डारी, विवेक वेल्वासे र अनुराज थारुले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै आदर्श इगलिंस बोर्डिग स्कुल इमिलियाले दोश्रो स्थान हासिल गरेको छ भने तेश्रो स्थानमा जनकल्याण माध्यमिक विद्यालय बरकुलपुर रहेको छ । प्रतियोगिताको सान्त्वनामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रनगाई भएको छ ।

प्रतियोगितामा विजेता सवै समूहलाई नगद, प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यार्थीलाई ज्ञानको चेतना बढाउदै विद्यालयलाई उत्साहित बनाएको प्रिन्सिपल कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।

माध्यमिक विद्यालय इमिलियाका शिक्षक गणेश पौडेलले प्रतियोगिता संचालन गरेर विद्यार्थीको वौद्धिक विकासमा टेवा पु¥याएकोमा बुद्धभूमि नगरपालिका र मायादेवी मिडिया गु्रपलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतियोगिता जनरल राउण्ड, अप्सन राउण्ड, ¥यापिड फायर राउण्ड, टपिक सेलेक्सन र अडियो राउण्डमा संचालन भएको थियो ।विगत ६ वर्षदेखि निरन्तर बुद्धभूमि नगरपालिकामा हाजिरी जवाफ प्रतियोगिता मायादेवी मिडिया ग्रुपले संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१ सोमबार ००:००  ९ : ३० बजे