१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

पौडी खेल्ने क्रममा डुबेर बाणगंगामा २ बालकको ज्यान गयो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा खोलामा डुबेर २ बालकको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका ८ मोर्मीमा खोलामा डुवेर २ जनाको मृत्यु भएको हो।

बाणगंगा ८ निवासि प्रतिक भण्डारी र सरोज सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
उनीहरु दुवै जना बाणगंगा माध्यमिक विद्यालय लौगाईमा कक्षा ७ अध्ययनरत थिए ।

फुटबल खेलेर नुहाउन कोईली खोलाको भुते रहमा गएका ठाकुर भण्डरीका छोरा वर्ष १६ को प्रतिक भण्डारी सोही वडाका कृष्ण सापकोटाका १५ वर्षीया सरोज सापकोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिईएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८१ शनिबार ००:००  ५ : २३ बजे