२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, कम्तीमा २१ जनाको ज्यान गयो



एजेन्सी ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । अरु ४६ जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउने र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने खबरमा उल्लेख छ ।

यात्रुहरूले रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको क्वेटाका प्रहरी प्रमुख मुहम्मद बलोचले बताउनुभयो । रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०८१ शनिबार ००:००  १२ : ०२ बजे