२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

सुपा देउरालीसम्म केवलकार जोड्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छः पूर्व मन्त्री आचार्य



दीपा महत, बूद्धभूमि ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संघिय सांसद सुरेन्द्रराज आचार्यले सुपा देउराली मन्दिरसम्म केवलकार जोड्न सके धेरै पर्यटक भित्राउन सकिने बताउनु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा संचालित चौथो बुद्धभूमि कृषि ब्यापारिक, सांस्कृतिक पर्यटन तथा औधोगिक महोत्सवको उद्घाटन समारोहमा बोल्दै आचार्यले यस्तो बताउनु भएको हो ।

पूर्व मन्त्री आचार्यले सुपादेउराली सम्म केवलकार जोड्नको लागि तौलिहवा उद्योग वाणिज्य संघ, बुद्धभूमि उद्योग वाणिज्य संघ र चुत्रावेशी उद्योग वाणिज्य संघले सहकार्य गर्नुपर्ने बताउनुभयो । दैनिक हजारौ भक्तजन आउने सुपा देउराली मन्दिरमा हजारौ भारतीय पर्यटक आउने गरेको भन्दै उनिहरुलाई उचित बासस्थानको ब्यवस्थागर्न सकेमा यसले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने बताउनुभयो ।

नेपाली कांग्रेसका प्रदेश महामन्त्री समेत रहनुभएका आचार्यले यहाँका कृषि उत्पादन, हस्तकला बाट निर्माण गरेका बस्तुहरु साथै किसानले उत्पादन गरेका अर्गानिक तरकारी सहजै विक्रि गर्न सकिने यसबाट आम नागरिकको आयआर्जनको जोहो गर्न सकिने जनाउनुभयो ।

जिल्लामा संचालन हुने यस्ता महोत्सवले नाचगान मात्र नभई यहाका कला संस्कृति, स्थानीय उत्पादनहरु प्रर्दशन गर्न सकेमा मेलाको औचित्य रहने बताउनुभयो । साथै उहाले महोत्सवहरु नयाँ सोचका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो । महोत्सको उद्घाटन विभिन्न जातजातीको नाच, पञ्चेबाजा, झाकीसहित गरिएको थियो । महोत्सवमा १५० वटा स्टल रहेका छन् । मंसिर ६ गतेबाट संचालन भएको महोत्सव १७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८१ बिहिबार ००:००  ६ : ३९ बजे